काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको पार्थिव शरीरलाई नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।
दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएपछि नेता–कार्यकर्ता, आफन्त र शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सीताको आजै आर्यघाटमा अन्त्येष्टि गर्ने माओवादी केन्द्रले जनाएको छ । अहिले उनको शव अन्तिम संस्कारका लागि पशुपतितर्फ लगिँदै छ ।
तस्वीरहरू:
















प्रतिक्रिया