काठमाडौं । तत्कालिन सेन्चुरी कमर्शियल बैंक हालको प्रभु बैंकले बिनाधितो एक करोड ऋण प्रवाह गरेको पाइएको छ । कमशल धितोमा पनि कर्जा प्रवाह गर्दै आएको हालको प्रभु बैंक माथि सिआइबीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा तत्कालिन सेन्चुरी बैंकले २०७५ साल पुस २९ गते ग्रिनहिल सिटीसँग मिलेर ऋणीको नाममा प्रवाह गरेको कर्जाका लागि कुनै धितो नलिएको खुल्न आएको हो ।
ललितपुर इमाडोल वडा नं ८ कित्ता नं मा जग्गा र घरको पूर्जा सिटिजन्स बैंकमा धितो बन्धक हुँदा हुँदै गैर कानुनी रुपमा त्रिपक्षिय करार सम्झौता गरी ऋण दिने कार्यमा तत्कालिन सेन्चुरी बैंक संलग्न भएको खुलेको हो । जुन बैंकिङ कसुर सजाय ऐनको दफा ७ को उपदफा (ङ) विपरित हो । प्रभु बैंकको सञ्चालक र व्यवस्थापनबाट बिना धितोमा र कमशल धितोमा गरी अर्वौ बराबरको कर्जा प्रवाह भइसकेको छ । यसले निक्षेपकर्ताको रकम जोखिममा पर्ने देखिन्छ ।




















प्रतिक्रिया