धनगढी । भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाको सरकारी आवास मर्मतका लागि बजेट छुट्टाईएको छ । भौतिक पूर्वाधार मन्त्रीको निवास मर्मतका लागि बजेट विनियोजन गरिएको हो ।
हाल त्यहाँ मन्त्री भने बस्दैनन् । मन्त्री देउवा सरकारी आवास नलिएर कांग्रेस नेतृ आरजु राणाको घरमा बस्दै आएका छन् । उनी नबस्ने सोही आवास मर्मतका लागि भन्दै सरकारले १० लाख रुपैयाँ बिनियोजन गरेको भेटिएको हो ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारले बिनियोजन गरेको बजेटमा १० लाख मर्मतका लागि छुट्टयाईएको छ ।
प्रतिक्रिया