Logo

अर्थ

आईएमई लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड, २ लाख २८ हजार आवेदकको हात खाली



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईपीओ बाँडफाँड भएको छ । शनिबार बिहान निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आईपीओ बाँटफाँड भएको हो ।

कम्पनीले असार २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको थियो । मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल ११ लाख ९५ हजार ९ सय ३२ जना आवेदन मध्ये योग्य आवेदक ११ लाख ८८ हजार ९ सय ९६ जनाले आवेदन दिएकोमा २ लाख २८ हजार ९ सय ९६ जना आवेदकको हात खाली भएको छ।

बाँकी आवेदकमा ९ लाख ६० हजार जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्। इन्स्योरेन्सको आईपीओमा १ करोड ४३ लाख ७२ हजार ५ सय ७० कित्ताको लागि कुल रु १.४३ अर्ब बराबरको योग्य आवेदन परेको थियो।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार ११:४८   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।