काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईपीओ बाँडफाँड भएको छ । शनिबार बिहान निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आईपीओ बाँटफाँड भएको हो ।
कम्पनीले असार २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको थियो । मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल ११ लाख ९५ हजार ९ सय ३२ जना आवेदन मध्ये योग्य आवेदक ११ लाख ८८ हजार ९ सय ९६ जनाले आवेदन दिएकोमा २ लाख २८ हजार ९ सय ९६ जना आवेदकको हात खाली भएको छ।
बाँकी आवेदकमा ९ लाख ६० हजार जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्। इन्स्योरेन्सको आईपीओमा १ करोड ४३ लाख ७२ हजार ५ सय ७० कित्ताको लागि कुल रु १.४३ अर्ब बराबरको योग्य आवेदन परेको थियो।




















प्रतिक्रिया