काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली ४ दिने कम्बोडिया भ्रमणमा जाने भएका छन् ।
ओली साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमणमा जाने तय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार साउन ६ गतेसम्मका लागि ओली कम्बोडिया भ्रमणमा जान लागेका हुन् ।
ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको पनि उनले बताए ।




















प्रतिक्रिया