काठमाडौं । प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक (आज) आइतबार नै पारित हुने भएको छ । तिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकमा मिटरब्याजसँग सम्बन्धी विधेयक पारित गर्ने विषयमा राजनीतिक दलका नेताहरूबीच सहमति भएको हो ।
प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरीका अनुसार मिटरब्याजसम्बन्धी विधेयकलाई पारित गर्ने सहमति भएको हो ।
मिटरब्याजसम्बन्धी कानुनी व्यवस्था गर्नका लागि सरकारले अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयक असार २० मा पारित गरिसक्नुपर्नेमा संसद् अवरोधका कारण उक्त दिन संसदले काम गर्न सकेको थिएन ।
प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् । त्यसअघि संशोधनहरूमाथि दफावार छलफल सदनमा हुनेछ ।
प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बोलाइएको भएपनि कार्यव्यवस्था समितिको बैठकका कारण ढिलाइ भएको छ ।




















प्रतिक्रिया