काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुन सदन अवरोध गरेका छन् । रास्वपा र राप्रका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक १५ मिटेनका लागि स्थगित भएको छ ।
सभामुखले मिटरब्याजीसँग सम्बन्धित ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’लाई निर्णयार्थ प्रस्तुत नगरी टेवल गराएको र अर्को विषयमा प्रवेश गरेको भन्दै रास्वपाले विरोध गरेको हो । कानूनमन्त्री धनराज गुरुङले विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए ।
त्यसबीचमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुख देवराज घिमिरले समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध गरेका थिए । उनीहरु राेष्ट्रम घेराउ गर्न पनि पुगेका थिए ।




















प्रतिक्रिया