Logo

राजनीति

‘जब मधेशी समुदायलाई खुसी दिने विधेयक ल्याइन्छ, तब केही दलले उफ्रीउफ्री सदन अवरुद्ध गर्छन्’



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले केही राजनीतिक दलले मधेशी समुदायकाे खुसी देखिनसहेकाे टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले मिटरब्याजसम्बन्धी विधेयकको नाम नलिई उक्त विधेयक पारित हुने बेला संसद अवरुद्ध गरिएको टिप्पणी गरेका हुन् ।

‘जब जब मधेश, मधेशी र मधेशमा बसोबास गर्ने जनताहरुको अनुहारमा खुसीयाली आउने विधेयकहरु संसदमा प्रस्तुत हुन्छन् । तब तब केही पार्टीहरुले पाँच बित्ता उफ्री उफ्री सदन अवरुद्ध गरिन्छ’, उनले भने, ‘तर केही दिन पछि त्यही पार्टीका आदरणीयहरुले सात बित्ता उफ्रिएर त्यही विधेयक प्रस्तुत गरियोस् भनिन्छ । यसरी नौटंकी गरिन्छ । कृपया यो नौटंकी बन्द गरियोस् । म अनुरोध गर्न चाहन्छु ।’

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १५:३५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।