Logo

प्रमुख समाचार

राप्रपाले आज धार्मिक यात्रा गर्दै



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज धार्मिक यात्रा गर्ने भएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउने सोमबारको पहिलो दिन धार्मिक यात्रा गर्न लागेको हो ।

पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रका अनुसार धार्मिक यात्रा दिउँसो १ बजे मैतीदेवीबाट सुरु भई पशुपतिनाथमा गएर समापन हुनेछ ।

राप्रपाले धार्मिक यात्रामा सहभागी हुन सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुमा अपिल समेत गरेको छ ।

अघिल्लो वर्षदेखि राप्रपाले साउनको पहिलो दिन धार्मिक पदयात्रा गर्ने गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरु, समान विचार भएका व्यक्ति, समुह, संस्थाहरु समेतको सहभागीतामा मैतीदेवी-पशुपतिनाथ धार्मिक पदयात्रामा रहने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अपरान्ह १२ बजेर ३० मिनेटमा मैतीदेवी मन्दिरमा भेला भइ विभिन्न धार्मिक गतिविधि गर्दै पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गर्ने तय भएकाे छ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार ०९:४५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।