काठमाडौं । लामो समयको अन्तरालपछि सत्तारुढ नेपाली कांग्रेसको केन्द्री समिति बैठक बस्दै छ । मंगलबारदेखि सुरु हुने बैठकका लागि सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको शीर्ष नेताको बैठकले १० वटा एजेन्डा तय गरेको छ ।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार पार्टी र समसामयिक राजनीतिबारे घनिभूत छलफल हुने गरी १० एजेन्डा तय भएका हुन् । शर्माले पार्टीका केही विभाग थप गर्नुपर्ने र केही विभागको थप व्याख्या गर्नुपर्ने बताए । त्यसबारे पनि केन्द्रीय समितिमा छलफल हुने उनको भनाइ छ ।
महामन्त्री शर्माका अनुसार केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने, पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदनमाथि छलफल, नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव, सांगठानिक कार्ययोजनाबारे छलफल हुने छ । यसैगरी विभाग गठन, राष्ट्रव्यापी अभियानको घोषणाबारे छलफल, केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेश, संसदीय दल समीक्षा, सरकार प्रगतिबारे समीक्षा र समसामयिक विषयमा केन्द्रीय समिति बैठकमा छलफल हुने छन् ।




















प्रतिक्रिया