Logo

प्रमुख समाचार

कार्यकाल सकिएका भ्रातृ संस्थाकाे तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा कार्यकाल सकिएका भ्रातृ संस्थाको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव पेश भएको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री गगन  थापाले कार्यकाल सकिएका ६ वटा भातृ संगठनको तदर्थ समिति भदौ १५ मा बनाइसक्ने र ६ महिनाभित्रमा अधिवेशन गरिसक्नुपर्ने प्रस्ताव गरेका हुन् ।

कांग्रेसका भातृ संगठनहरु नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति बनाउने र अधिवेशनको मिति प्रस्ताव गरेका हुन् । उनका अनुसार सबै भ्रातृ संस्थाहरुले आफ्नो कार्यतालिका बनाउनुपर्नेछ भने हरेक ३–३ महिना प्रथति प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १५:०५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।