Logo

प्रमुख समाचार

‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउँदै कांग्रेस, ७ लाख नयाँ सदस्य थप्ने लक्ष्य



काठमाडौं । नेपाली कांग्रेसले ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ यो अभियान चलाउने प्रस्ताव पार्टी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले गरेका हुन् ।

२० साउन २०८० देखि ३१ असार २०८१ सम्म यो अभियान चलाउने महामन्त्री थापाको प्रस्ताव छ । मंसिर–पुस २०७८ मा भएको १४ औं महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य थिए ।

थापाका अनुसार उनीहरुको सदस्यता साउनभित्र उपलब्ध गराइने छ भने भदौ, असोज र कात्तिकमा जिल्ला कमिटीहरुले नवीकरण गर्नेछन् । नयाँ सदस्यका लागि कांग्रेसले अनलाइन प्रणाली सुरु गरेको छ । यसलाई अझ प्रभावकारी बनाउने महामन्त्री थापाले बताए ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १५:२७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।