Logo

प्रमुख समाचार

गगन थापामाथि केन्द्रीय समितिमा कटाक्ष : ‘बेमौसमको बाजा बजाउँदै हिँड्दा जन्ती पाइँदैन’



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले महामन्त्री गगनकुमार थापामाथि कटाक्ष गरेका छन् । संसदीय दलको नेता फेर्ने अभियानमा आफू रहेको भन्दै महामन्त्री थापाले दिएका अभिव्यक्तिलाई लिएर केसीले कटाक्ष गरेका हुन् ।

मंगलबारदेखि पार्टीको कन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै केसीले महामन्त्री थापाको अभियानलाई बेमौसमको बाजाको संज्ञा दिएका छन् ।

‘एउटा व्यक्तिलाई संसदीय दलको नेता बनाउने, पार्टी सभापति फेर्ने भन्दैमा समया परिस्थितिलाई ख्यालै नगरी बेमौसमको बाजा बजाउँदै हिँड्दा जन्ती पाइँदैनन् कि ? ख्याल गरियोस्’, बैठकमा कैन्द्रीय सदस्य केसीले भने ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १५:४४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।