काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले महामन्त्री गगनकुमार थापामाथि कटाक्ष गरेका छन् । संसदीय दलको नेता फेर्ने अभियानमा आफू रहेको भन्दै महामन्त्री थापाले दिएका अभिव्यक्तिलाई लिएर केसीले कटाक्ष गरेका हुन् ।
मंगलबारदेखि पार्टीको कन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै केसीले महामन्त्री थापाको अभियानलाई बेमौसमको बाजाको संज्ञा दिएका छन् ।
‘एउटा व्यक्तिलाई संसदीय दलको नेता बनाउने, पार्टी सभापति फेर्ने भन्दैमा समया परिस्थितिलाई ख्यालै नगरी बेमौसमको बाजा बजाउँदै हिँड्दा जन्ती पाइँदैनन् कि ? ख्याल गरियोस्’, बैठकमा कैन्द्रीय सदस्य केसीले भने ।




















प्रतिक्रिया