Logo

प्रमुख समाचार

कोशी प्रदेश नामकरणका क्रममा जनताको आवाजलाई बेवास्ता गरियाे : कांग्रेस नेता गुरुङ



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरुङले कोशी प्रदेश नामकरणका क्रममा जनभावनालाई बेवास्ता गरिएको बताएका छन् । सुरुदेखि नै नामका विषयमा सहमति नभइरहेको अवस्थामा संसद्ले जनताको आवाजलाई नसुनि निर्णय लिएको उनको धारणा छ ।

बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता गुरुङले नामकरणको निर्णय लिनुअघि प्रदेश सरकारले जनताले उठाएका विषयमा छलफल नगरेको बताए । अहिले पनि विवाद बढ्दै गइरहेकोले अब यसको समाधान कांग्रेस नेतृत्वको सरकारले गर्नुपर्ने बताए ।

‘प्रदेश १ को अहिले जे नाम भयो यो पनि नराम्रो त होइन, राम्रौ होला । कोशीको नामकरण गर्दैगर्दा संसद्बाट टुंग्याउनुअघि त्यत्रो जनताले कुरा उठाइराखेका थिए । स्थानीय स्तरका जनताहरुसँग छलफल गरेर टुंग्याउनुपर्थ्यो । तर निर्णय भयो, विवाद बढ्यो, ज्यान गयो’, केन्द्रीय सदस्य गुरुङले भने, ‘अब यो समस्यालाई कांग्रेसले नेतृत्व गरे समधान गर्नु पर्छ ।’

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १६:३६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।