रुसले उत्तर सिरियाको इडलिब प्रान्तमा गरेको हवाई हमलामा परी ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ ।
सो हमलामा परी कैयौं लडाकु घाइते भएको र हमलापछि त्यस क्षेत्रमा हिंसा बढेको छ बीबीसीले जनाएको छ ।
समाचारमा जनाइएका अनुसार फेयलक अल साम नामक संगठनको प्रशिक्षण आधारलाई निशाना बनाएर रुसले हवाई हमला गरेको थियो । यस हमलासँगै रुस र टर्कीको मध्यस्थतामा इडलिबमा गरिएको युद्धविराम बिथोलिएको बताइएको छ ।
सो हवाई हमलामा अधिकांश घाइतेको अवस्था गम्भीर रहेकाले मारिने लडाकुकको संख्या ७८ सम्म पुग्न सक्ने बेलायतस्थित मानव अधिकार संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएको छ ।
सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीका विरोधी पक्षले समर्थन गरिरहेका छन् । गत मार्चमा युद्धविराम भएयताकै यो नै सबैभन्दा ठूलो हमला रहेको मानवअधिकारवादी संगठनको भनाइ छ ।
प्रतिक्रिया