काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बरामद भएको सुन गायब पार्दै लगिएको आशंका गरेका छ्न् । सिनामंगलमा बरामद सुन १ क्विन्टलबाट ६१ केजीमा कसरी झर्यो भन्दै ओलीले प्रश्न गरेका छन् ।
एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था–समस्या र समाधान’ विषयक छलफलमा उच्चस्तरीय छानबिन आयोग नबनाउनुको मक्सद यही रहेको आरोप लगाए । ‘आयोग बन्न नदिँदा एक सय केजी सुन ६१ केजीमा झर्यो । त्यसैले यो आयोग बन्न दिइएको छैन’, उनले भने ।
एमालेले सुन तस्करी छानबिन प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै आएको छ । यो माग्र पूरा नहुँदा एमालेले संसद् अवरोध गरिरहेको छ । अध्यक्ष ओलीले अहिले एयरपोर्टबाट दैनिक सुन बगिरहेको दाबी गरे ।




















प्रतिक्रिया