Logo

कर्पोरेट फोकस

भोलीसम्ममा कर तिर्नुपर्ने विभागको अडान, म्याद थप नहुने



मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क बुझाउने म्याद थप नहुने भएको छ। आन्तिरिक राजस्व विभागले भोली २५ गतेसम्ममा मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क बुझाउन आग्रह गरेको थियो । निशेषाधाज्ञा र लकडाउनका कारण व्यवसायिक गतिविधि नभएको र कर बुझाउनसमेत कठिन अवस्था रहेको भन्दै कारोबार विवरण तथा कर बुझाउने समय थप गर्नुपर्ने व्यवसायीको माग थियो । यद्यपी उनीहरुको माग अहिलेसम्म सुनुवाई भएको छैन । सोही अनुसार सरकारले म्याद थप नगर्ने भएको हो ।

व्यवसायीले अन्तःशुल्क र मूल्य अभिवृद्धि कर रकम आफैँले हिसाब गरी प्रत्येक महिना समाप्त भएको २५ दिन भित्र (अर्को महिनाको २५ गतेसम्म)मा बुझाउनुपर्छ। यसअनुसार साउनको मूल्य अभिवृद्धि कर र अन्तःशुल्क विहीबारसम्ममा बुझाउनुपर्नेछ। 

आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोदबहादुर कुँवरले यससम्बन्धी कुनै तयारी नभएको बताए। ‘अहिलेसम्म यस विषयमा कुनै तयारी भएको छैन, कुँवरले भने। भदौ ३ गतेदेखि काठमाडौं उपत्यकासहित अन्य जिल्लामा निशेधाज्ञा लगाइएको र कतिपय स्थानीय तह र जिल्लाले लकडाउन नै गरिरहेकाले भदौ २५ गते कर तिर्नुपर्ने म्याद थप गर्नुपर्ने व्यवसायीको माग छ। 

यसअघि चैतदेखि लकडाउन हुँदा कारोबार विवरण तथा राजस्व बुझाउने म्याद थप गरिएको थियो। त्यतिबेला मन्त्रिपरिषदबाटै निर्णय गरेर म्याद थप गरिएको थियो। लकडाउनकै कारण व्यवसायीलाई समस्या परेको भन्दै अन्तःशुल्क नवीकरणको म्याद पनि दुई महिना थपिएको छ। 

व्यावसायीहरुको माग भएपनि सरकारले तोकिएकै मितीमा कर तिर्न ताकेता गरेको छ । कर असुलिकै लागि सरकारले गत दुईदिन देखि भोली सम्मको लागि बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा समेत खुल्ला राख्न राष्ट्र बैंककले निर्देशन दिएको छ ।  

प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार  ११ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।