काठमाडौं । भारतको चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा चन्द्रयान–३ बुधबार साँझ अवतरण गराएको हो ।
यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक अवतरण गराएका छन् ।
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्याएको थियो ।
भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल भएमा चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बन्नेछ ।















प्रतिक्रिया