Logo

जनप्रतिनिधि

भदाै १० गते चितवनमा रबीकाे प्रथम सार्वजनिक सुनवाइ, पार्टीको झन्डा, ब्यानर, र पोसाक निषेध



काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा भदाैं १० गते सार्वजनिक सुनुवाईकाे कार्यक्रम आयाेजना गर्ने भएका छन् । उनले सार्वजनिक सुनुवाइमा पार्टीको झन्डा, ब्यानर, र पोसाकबिना उपस्थित हुन् आग्रह समेत गरेका छन्।

‘हामीले उद्घोष गरे अनुसार यही भाद्र १० गते चितवनमा प्रथम सार्वजनिक सुनवाइ हुन गइरहेको छ। जनप्रतिनिधि जनता प्रति प्रत्यक्ष रूपमा जवाफदेही हुनुपर्छ भन्ने मान्यताका साथ सुरु हुन गइरहेको यस कार्यक्रममा सम्पूर्ण चितवनवासीले आफ्ना समस्या, गुनासो र सुझावहरू लिएर आइदिनु होला,’ उनले भनेका छन्, ‘यो कार्यक्रम जनसरोकारको विषयमा गरिएको र यसमा राज्य र समाजका सबै सरोकारवाला पक्षहरूको प्रतिनिधित्व हुने भएकोले कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ।’

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १८:४३   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।