Logo

धर्म / संस्कृति

म सबै धर्मलाई उचित सम्मान गर्छु : हर्क साम्पाङ



काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई ‘साम्पाङ’ ले आफूले सबै धर्मलाई उचित सम्मान गर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘तिमी र ममा फरक: तिमी एउटा धर्मलाई प्रधानता दिन्छौं र अरु धर्मलाई कुल्चन खोज्छौं ! म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु !’

उनले बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोजेको तर आफूले मान्छेलाई आकर्षित गरेर नगरकै विकासमा श्रमदान गराएको दावी गरेका छन् ।

‘तिमी बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोज्छौ ! म बाहिरका मान्छेलाई आकर्षित गरेर नगरकै बिकासमा श्रमदान गराउँछु !’, उनले बताए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १२:५८   :  बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।