Logo

धर्म / संस्कृति

धरान पुगेर शेखरले भने- देशलाई जातिय र धार्मिक द्धन्दमा धकेल्न खोजिदैछ



काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरुले देशलाई जातिय र धार्मिक द्धन्दमा धकेल्न कोशिश गरिरहेको बताएका छन् ।

‘देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक-धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ, त्यो हामी कदापि स्वीकार्न सक्दैनौं,’ कोइरालाले भने ।

कोइराला आइतबार धार्मिक मुद्दाले पेचिलो बन्दै गएको धरान पुगेका थिए । हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको उल्लेख गर्दै उनले धर्मका नाममा राजनीति गर्न नहुने बताए ।

उत्तेजना र बहकाउमा नलागी जातिय र धार्मिक सदभाव कायम गर्दै संयमित हुन कोइरालाले धरानबासीमा आग्रह समेत गरे। धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडेको कोइरालाले प्रष्ट पारे।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं-१ ले सञ्चालन गरेको “ग्रिन एण्ड क्लिन धरान अभियान -२०८०” को समापन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता कोइरालाले यदि कुनै एक ठाउँबाट साम्प्रदायिक फैलिए त्यसको ज्वाला देशै भरि जाने खतरा रहेको पनि बताए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १७:३४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।