काठमाडौं । एसिया कपमा आफ्नो दोस्रो खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टीम श्रीलंका पुगेको छ । नेपाली टोली पाकिस्तानबाट च्याटर्ड फ्लाइटमा आज (बिहीबार) श्रीलंका पुगेको हो ।
नेपालले सेप्टेम्बर ४ तारिखमा भारतसँग खेल्दै छ । एसिया कप आयोजना गर्ने पालो पाकिस्तानको भएपनि भारतले त्यहाँ जान अस्वीकार गरेपछि उसले खेल्ने खेलका लागि श्रीलंकालाई सहआयोजक बनाइएको हो ।
यसअघि समूहको पहिलो खेलमा नेपाली बुधबार पाकिस्तानसँग खेलेको थियो । नेपाली क्रिकेट इतिहासमै पहिलो पटक एसिया कप खेलेको नेपालले एकदिवसीय वरियताको सर्वाधिक बलियो टिम पास्तिानसँग २३८ रनले पराजित भएको थियो ।
तस्बिरहरू हेर्नुहाेस्:–




















प्रतिक्रिया