Logo

समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा मञ्च ढलेपछि भागाभाग



धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा मञ्च ढलेपछि अतिथिहरूको भागाभाग भएको छ ।

बुधबार मुख्यमन्त्री कमलबहादुर शाह डडेल्धुरा बहुमुखी क्याम्पसको २८ औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि भएर गएका थिए ।कार्यक्रम चलिरहेका बेला मञ्च अचानक ढलेको हो ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेका अनुसार मञ्च एक फिटजति अग्लो बनाइएको थियो । त्यो ‘डिस्लोकेट भएर पाल झरेको’ उनले बताए ।

मञ्चमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुखलगायत रहेका थिए ।

मञ्च भत्किए पनि चोट भने कसैलाई पनि लागेको छैन । मञ्च भत्किएपछि केही समय कार्यक्रम स्थगित भएर पुन: सुरु भएको प्रमुख जिलला अधिकारी न्यौपानेले बताए ।

उनले सोही मञ्चमा कार्यक्रम सम्पन्न भएर मुख्यमन्त्री शाह धनगढी हिँडिसकेको जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १६:३४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।