Logo

राजनीति

उपप्रधान तथा रक्षामन्त्री खड्का अस्पतालबाट डिस्चार्ज



काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्  । स्वास्थमा समस्या देखिएपछि खड्का भदौ १३ गते छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए ।

सोही दिन उक्त अस्पतालका कमान्डान्ट प्राविधिक सहायक रथी प्राडा भरतबहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीले खड्काको ‘प्रोस्टेट (बिपिएच)’ शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

शल्यक्रियापश्चात् स्वास्थ्य लाभका लागि अस्पतालमा रहेका उपप्रधान तथा रक्षामन्त्री खड्का आइतबार दिउँसाे अस्पतालबाट डिस्चार्ज हुनुभएको वीरेन्द्र अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार २१:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।