Logo

अर्थ

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ



काठमाडौं । प्रहरीले पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ललितपुर गोदावारी नगरपालिका–४ बस्ने ४२ वर्षीय कुमार रम्तेललाई आज ललितपुर महानगरपालिका–१४ कुमारीपाटीबाट पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको समन्वयमा कास्की प्रहरीको टोलीले रम्तेललाई केही समयअघि काठमाडौँबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा नायब महानिरीक्षक कुबेर कडायतले राससलाई जानकारी दिए ।

उनका अनुसार कोषाध्यक्ष रम्तेलविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति जारी भएअनुसार पक्राउ गरिएको हो । सूर्यदर्शन सहकारीका सञ्चालकहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा नौ सय ७१ जना बचतकर्ताहरूले रकम हिनामिना गरेको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार २१:५९   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।