Logo

राजनीति

नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र



काठमाडौं । नेकपा (एमाले)का सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गरेका छन् । उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरुको टोलीले श्रद्धाञ्जलि दिँदै तथा परिवारमा समवेदना  गरेका हुन् ।

पार्टी उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाउनुभएको समवेदना पत्र पढेर सुनाउनुभएको सांसद दीपा शर्माले जानकारी दिए । समवेदना दिन एमालेका सबै सांसद गएका थिए । नेम्वाङको गत सोमबार हृदयघातका कारण निधन भएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार २०:४५   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।