काठमाडौं । नेपाली नारीहरूको पर्व हरितालिका तीजको दिन आज सेयर बजार सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएपनि कारोबार रकममा भने गिरावट भएको छ ।
सोमबार नेप्से ४.२६ अंकले वृद्धि भएर १९६९.१८ को बिन्दुमा बन्द भएको छ । आइतबार नेप्से ४२.१४ अंकको उच्च गिरावट भएर १९६४.९१ को विन्दुमा बन्द भएकोमा सोमबार ०.२१ प्रतिशतले बढेको हो ।
आज बैंकिङ उपसूचक बाहेक सबै उपसूचक बढेपनि बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.४ प्रतिशतले गिरावट हुँदा नेप्से पनि उल्लेख्य रुपमा बढ्न सकेन । सोमबार व्यापार उपसूचक सर्वाधिक १.६० प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक १.०४ प्रतिशतले वृद्धि भएको छ ।
आइतबार नेप्सेमा उच्च गिरावट भएपनि कारोबार रकम २ अर्ब नाघेको थियो । तर, सोमबार भने कारोबार रकम ८७ करोड ४ लाखमा सीमित भएको छ । सोमबार कारोबार भएकामध्ये रिलायबल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक ९ करोड ३९ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ४ करोड ३४ लाख र साल्ट ट्रेडिङ कर्पोरेसनको ३ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया