Logo

आजको तस्बिर

मनाइयाे संविधान दिवस (फाेटाेफिचर)



काठमाडौं । देशभर नवौँ संविधान दिनस आज विशेष समारोहको आयोजना गरी मनाइएको छ ।

काठमाडाैंकाे टुडिखेलमा सरकारले संविधान दिवस मनाएकाे थियाे भने नेकपा एमालेले संविधान दिवसका अवसरमा नक्सालको नारायण चौरमा ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रम राखेर संविधान दिवस मनाएकाे थियाे।

सरकारले नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरी, टुँडिखेलबाट, रङ्गीचङ्गी बेलुन र शान्तिका दूत परेवा उडाउनुको साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा सांगितिक प्रस्तुति एवं विशेष झाँकीको प्रदर्शन गरी भव्यताका साथ संविधान दिवस मनाएको छ ।

राष्ट्रपति पौडल: सलामी ग्रहण
असोज ३ मा राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस २०८० को अवसरमा टुँडिखेलमा बुधबार आयोजित कार्यक्रममा नेपाली सेनाद्वारा अर्पण गरेको सलामी ग्रहण गर्दै ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार १२:५६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।