काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्मार्ट मोबाइल एपको सुरुवात गरेको छ ।
कम्पनीले काठमाण्डौमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोवाइल एपको शुभारम्भ गरेकी हुन् । मोवाइल एपबाट अभिकर्ता तथा बीमितहरुले घरबाटै आफ्नो बीमालेख सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने सिंहले जानकारी दिइन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिवद्धत्ता अनुरुप कम्पनीले स्मार्ट मोबाइल एप लञ्च गरेको बताए । उनले एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकहरुले डिजिटलाइजेसनको मार्फत छिटो छरितो कार्य सम्पादन गर्न सक्ने बताए ।
कम्पनीका बीमितहरुले एपमार्फत बीमा शुल्क नविकरणका सूचना प्राप्त गर्न सक्ने र एप मार्फत नै नविकरण बीमा शुल्क डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया