Logo

अर्थ

सांग्रिला बैंकका ग्राहकलाई सेल्सबेरीमा २५ प्रतिशतसम्म छुट



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बीच समान किन्दा छुट दिने गरी सम्झौता भएको छ ।

आज भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्घले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले सांङ्ग्रीला बैंकका ग्राहक, बंैकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा पाँचदेखि २५ प्रतिशतसम्म छुट हुने भएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १७:०६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।