काठमाडौं । एमाले बाग्मती प्रदेशको अध्यक्षका उम्मेदवार केशर बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । बुढाथोकीसँगै अध्यक्षमा उम्मेदवारी दर्ता गरेर फिर्ता लिनेमा तीन जना भएका छन् ।
यसअघि केशवराज पाण्डे, सानुकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका थिए । अब अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालको मात्र प्रतिस्पर्धा हुने भएको छ ।
नयाँ नेतृत्वका लागि अधिवेशन अन्तर्गत शुक्रबार बिहान मतदान हुने भएको छ ।





















प्रतिक्रिया