Logo

जनप्रतिनिधि

दुई महिनामा १२ जनप्रतिनिधि र ११ प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडाैं । पछिल्ला दुई महिनामा स्थानीय तहका ११ प्रमुख प्रशासकीय अधिकृत (निमित्तसहित) र बहालवाला दुई पालिका प्रमुखसहित १२ जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका कुल उजुरीमध्ये स्थानीय तहका मात्रै ३५ प्रतिशत हाराहारी छन् ।

गत ७ साउनदेखि १० असोजसम्ममा अख्तियारले विशेष अदालतमा ३९ मुद्दा दायर गरेको छ । त्यसमा अधिकांश स्थानीय तहका छन् । यस अवधिमा अख्तियारले स्थानीय तहका दुई बहालवाला प्रमुखविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । अख्तियारले अदालतमा मुद्दा दायर गरेकामा केही पूर्वप्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि पनि छन् ।

स्थानीय तहमा केन्द्रित हुँदा अख्तियारलाई तल्ला तह र पदहरूमा मात्र अल्झिएको आरोप पनि लाग्ने गरेको छ । तर, अख्तियारका प्रवक्ता भोला दाहालले आयोगले कुनै तहलाई छुट्टै र विशेष प्राथमिकता दिएर अनुसन्धान र अभियोजन गरेको भन्न नमिल्ने बताए । आयोगमा परेका कुल उजुरीमा स्थानीय तहको हिस्सा ३५ प्रतिशत हाराहारी रहेकाले प्राथमिकतामा परेजस्तो देखिएको उनको भनाइ छ ।

भ्रष्टाचार मुद्दाहरू:

– त्रियुगामा गिटी, बालुवा ठेक्कामा ८१ लाख ३५ हजार राजस्व हिनामिना प्रकरणमा पूर्वमेयरसहित चारविरुद्ध मुद्दा

-सिम्रौनगढका प्रमुख प्रशासकीयविरुद्ध ६ महिनामै भ्रष्टाचारको दोस्रो मुद्दा दायर, अनुदान दुरुपयोग गर्ने सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीयविरुद्ध पनि मुद्दा

-गरेको कामको भुक्तानी माग्दा घुस, विष्णुपर गाउँपालिका अध्यक्षसहित तीनविरुद्ध मुद्दा

-लिखुपिकेमा निःशुल्क प्राप्त जग्गालाई ६ लाखमा किनेको देखाएर भ्रष्टाचार

-बोदेबर्साइनमा आयोजना नै नथाली पौने १५ लाख भुक्तानी

-कृषि अनुदानका लागि सिफारिस गरेबापत घुस लिए नेपालगन्ज– १३ का कार्यवाहक वडाध्यक्षले

-भीमदत्त नगरपालिकामा ढुंगा, गिटी, बालुवाको ठेक्कामा सवा करोड छुट, तत्कालीन मेयर र निमित्त प्रमुख प्रशासकीयसहित १० विरुद्ध मुद्दा

-पालिका कोषमा दाखिला गर्नुपर्ने ६ लाख आफैँले लिएर अपचलन गर्ने विजयनगर– ४ का वडाध्यक्षविरुद्ध मुद्दा

-मर्चवारीमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतबाट भ्रष्टाचार, रकम छोराको खातामा

-महोत्तरीको पिपरामा गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन बनाएर भ्रष्टाचार

-छाँयानाथ रारामा पार्क निर्माणमा साढे ३८ लाख हिनामिना

-शैल्यशिखरमा झुटा बिल बनाएर २६ लाखभन्दा बढी भुक्तानी

-प्रमुख प्रशासकीय अधिकृत छँदा भ्रष्टाचार गरेको आरोपमा खोटाङका सिडिओ भोजराज खतिवडाविरुद्ध मुद्दा

नदी तथा खोलाको ढुंगा, गिटी, बालुवा र माटो ठेक्कामा लगाउँदा ८१ लाख ३५ हजार रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले उदयपुरको त्रियुगा नगरपालिकाका पूर्वमेयर र तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ०९:००   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।