Logo

राजनीति

ठूला दलहरूकै कारण राजनीतिमा आएका हौँ : सभापति लामिछाने



दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताएका छन् । दाङको घोराहीमा आयोजित कार्यक्रममा उहाँले २०८४ को निर्वाचनमा आफूहरूको जमानत जफत हुनेगरी जनताको पक्षमा काम गरेर देखाउन चुनौती दिए ।

सभापति लामिछानेले अहिले सरकारले भ्रष्टाचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने गर्दै आएको टिप्पणी गरे । जनताको पक्षमा काम गर्न भनेर गएका दलहरू राष्ट्रिय स्वतन्त्र पार्र्टीलाई गाली गर्नमा मात्र समय खर्चिएको उनले पार्टीको चिन्ताभन्दा जनताको समस्याका बारेमा चिन्ता लिन सुझाव दिए ।

प्रकाशित मिति : आश्विन १३, २०८० शनिबार  ९ : ५४ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।