Logo

धर्म / संस्कृति

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ



विराटनगर । धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा लिएको बताए । श्री निवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए ।

नेपालगञ्‍ज आसपास क्षेत्रमा धार्मीक द्वन्द्व बढेपछि त्यहाँ प्रशासनले कर्प्यु लगाएकाे छ । विगत एक हप्तादेखि नै सुनसरीलगायत क्षेत्रमा धार्मीक साम्प्रदायिक द्वन्द्व बढेकाे छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १९:४८   :  बजे

654
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।