इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मिनेन्द्र रिजालले नेपाली कांग्रेस पार्टी केन्द्रदेखि टोलसम्म एक भएर अघि बढ्न आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस इलामले आयोजना गरेको अन्तक्र्रियामा उनले सबै नेता तथा कार्यकर्ता मिलेमात्र कांग्रेस सबल हुने धारणा व्यक्त गरे ।
एउटै पार्टीभित्र पनि अलग विचारधारा हुनु सामान्य भएको भन्दै उनले आम निर्वाचनमा एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका नेता विचारको विविधता पचाउन सक्ने खालको हुन आवश्यक रहेको भन्दै डा रिजालले फरक विचारले पनि नेता जन्माउने उनको तर्क छ ।
कांग्रेसलाई मत दिएर विजयी भएका जनप्रतिनिधिले जनताको काम छिटो–छरितो ढङ्गले गर्न सके जनताले पुनः सोही पार्टी रोज्ने उनको भनाइ छ । पार्टीलाई समृद्ध बनाउन जितेर गएका जनप्रतिनिधिको काम पनि सही हुन आवश्यक रहेको तर्क गर्दै उनले वडादेखि नै जितेर गएका जनप्रतिनिधिले राम्रो काम गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस देशको ठूलो पार्टी भएको र पनि कांग्रेस सरकारमा भए/नभएको महसुस हुनेगरी काम गर्न सुझाव जिल्लाका नेता तथा कार्यकर्ताको छ ।




















प्रतिक्रिया