Logo

आजको तस्बिर

बझाङका भूकम्पपीडितलाई तत्काल ५० हजार उपलब्ध गराउने प्रधानमन्त्रीकाे घोषणा



काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्पपीडितलाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन पछि चैनपुरमा सो घोषणा गरेका हुन् ।

पीडित परिवारलाई तत्काल राहतका लागि १५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै उनले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने घोषणा गरेका छन् ।

तीनै तहको सरकारको समन्वयमा क्षति मुल्याङकन गरी कार्यविधि बनाए पुनर्निण गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारी भवनमा भएको क्षति मुल्याङकन गरी पुननिर्माण गर्ने बताएका छन् ।

 

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार १६:०८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।