Logo

राजनीति

कोशीमा असोज २६ भित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान



काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले अन्तिम विकल्पकाे नयाँ सरकार गठनका लागि पाँच दिनकाे समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । राजनीतिक खिचातानीका कारण अन्य विकल्पका सरकार टिक्न नसकेपछि संविधानकाे धारा  १६८ (५) अन्तर्गत कोशीमा सरकार गठनको आह्वान भएकाे हाे ।

धारा १६८ (३) बमाेजिम सर्वाेच्च अदालतकाे परमादेशअनुसार गत २२ भदाैमा नियुक्त भएका हिक्मतकुमार कार्कीले विश्वासकाे मत नपाउने पक्का भएपछि आज (शनिबार) राजीनामा दिएसँगै अन्तिम विकल्पकाे सरकार बन्ने बाटाे खुलेकाे हाे ।

याे उपधारा अनुसार नयाँ सरकार गठनको हुन नसकेमा वा गठन भई याे उपधाराअनुसार नियुक्त हुन मुख्यमन्त्रीले विश्वासकाे मत पाउन नसके प्रदेशसभा प्रदेश प्रमुखले प्रदेशसभा विघटन गरी ६ महिनाभित्रमा मध्यावधि निर्वाचन सम्पन्न हुनेगरी मिति ताेक्नेछन् ।

याे पनि…

कोशी प्रदेश : मुख्यमन्त्रीमा दाबी गर्नेको लर्को

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार २१:२९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।