Logo

प्रदेश

इजरायलमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई राहत दिने सुदूरपश्चिम सरकारको निर्णय



काठमाडौं ।  इजरायलमा विद्रोही समूहको आक्रमणबाट मारिएका सुदूरपश्चिमका विद्यार्थीका प्रत्येक परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाखका दरले राहत दिने घोषणा गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै २ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

शनिबार इजरायलमा विद्रोही समूहको आक्रमणबाट सुदूरपश्चिम विश्वविद्यालयका १० नेपालीको मृत्यु भएको थियो ।

साथै मुख्यमन्त्री शाहले मृतकका शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोध पनि गरेका छन् । उनले सम्पर्कबिहीन रहेका र घाइते विद्यार्थीको उद्धार गरिदिन समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार १३:२९   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।