Logo

प्रदेश

एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा चार जनाको उम्मेदवारी



धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पदम पालका अनुसार अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।

निवर्तमान प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिना, अछामका पूर्व जिविस सभापति एवंम् प्रदेश सचिवालय सदस्य कृष्णप्रसाद जैशी, संविधानसभा सदस्य तथा अछामकै पूर्व अध्यक्ष भरत साउँद र प्रदेश सचिवालय सदस्य वचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

दिउँसो साढे १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ भने साँझ ५ बजे मतदान हुने निर्वाचन कमिटीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार १२:१८   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।