Logo

प्रमुख समाचार

बझाङ केन्द्रबिन्दु भएर ५.२ म्याग्निट्यूडको भूकम्प गयो



काठमाडौं । बझाङमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ ।

गएराति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । ५.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

पछिल्लो समय बझाङ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ । गत असोज १६ गते बझाङ केन्द्र भएर ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : आश्विन २५, २०८० बिहीबार  ९ : १६ बजे

282
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।