काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीसहितका आठ सांसदहरूले प्रदेश प्रमुखकासमक्ष आफ्नो हस्ताक्षर सनाखत गरेका छन् ।
गठबन्धनको निर्णय विपरीत मुख्यमन्त्री दाबी पेस गरेका कार्कीसहित आठ सांसदसहितको हस्ताक्षर लिएर माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उनीहरूले प्रदेश प्रमुखसामू आफ्नो हस्ताक्षर सनाखत गरेका हुन् ।
मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीले आफूहरू सशरीर भएर उपस्थित भएर आफ्नो हस्ताक्षर सनाखत गरेकाले अन्य कुनै सदस्यले पेस गरेको दाबी झुटो भएकाले खारेज गर्न मागसमेत गरेका छन् । आफूहरूले आङ्बोको समर्थनमा हस्ताक्षर नगरेको बताउँदै उनीहरुले उक्त दाबीलाई खारेज गर्न निवेदनसमेत दिएका छन् ।
कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थन रहेको दाबी गरिएको छ ।
- याे पनि…
कोशी किचलो : कांग्रेस संस्थाप इतरका शेखर–गगन नै विभाजित
कोशी कांग्रेसमा चर्कियाे विवाद : हिमाल कार्कीद्वारा उपनेताबाट राजीनामा
कोशी : मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बो र कांग्रेसका केदार कार्कीद्वारा दाबी
प्रतिक्रिया