काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई निलम्बन गरेको छ । निर्देशक बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।
स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ ।
कार्यकारी निर्देशकको जिम्मेवारीमा राख्दा बीमालाई हानी पुग्नुका साथै निर्देशकले प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गरिएको पत्रमा उल्लेख छ । बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि असोज ४ गते तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको थियो ।





















प्रतिक्रिया