Logo

आजको तस्बिर

घटस्थापनाका दिन विभिन्न शक्तिपीठमा दर्शनार्थीकाे घुइँचाे, तस्बिरहरू



काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँ आजबाट सुरु भएको छ । दशैँको पहिलो दिन आज घर घरमा जमरा राखिँदैछ । घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ ।

घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ । घटस्थापनाका दिन दुर्गा पूजासँगै विभिन्न शक्तिपीठको दर्शन गर्ने चलन छ ।

पुजा गर्न नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी पाथीभरा, मनकामना, वागेश्वरी लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको छ ।

तस्वीरहरू :

प्रकाशित मिति : आश्विन २८, २०८० आईतबार  १ : १८ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।