Logo

अर्थ

हिमालयन लाइफको व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको हो ।

कम्पनीले कम्पनीबाट जारी भएका बीमालेखहरु कात्तिक १० गतेदेखि २२ गतेसम्ममा नवीकरण पुनर्जागरण गर्दा बीमा शुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज जरिवानामा छुट दिएको कम्पनीले जनाएको छ ।

साबिकको प्राइम लाइफ, यूनाइटेड लाइफ र गुराँस लाइफ इन्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतीत भएका बीमालेखहरु पुनर्जागरण गराउँदा छुट दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ३ वर्षसम्म व्यतीत भएका बीमालेख नवीकरणमा १००%, ३ वर्षदेखि माथि ७ वर्षसम्म ५०% र ७ वर्षदेखि माथि जतिसुकै अवधिका बीमालेखहरुका लागि २५ प्रतिशतसम्म ब्याज छुट हुनेछ ।  यस किसिमको व्यतीत बीमालेखमा पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिनेछ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १४:४८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।