Logo

अर्थ

झिनाे अंकले बढ्याे नेप्से, ६९ करोड ४२ लाखकाे काराेबार



काठमाडौं । कारोबारको सुरुवाती समयदेखि नै  गिरावट भएकाे सेयर बजार अन्तिममा आएर बढेकाे छ । सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर बन्द भयो ।

कारोबार खुलेको ४७ मिनेटमै नेप्से १८५७ विन्दुसम्म झरेकोमा अन्तिम समयमा १८७८.७० विन्दुमा आएर बन्द भयो । होटल तथा पर्यटन २० र उत्पादन उपसमूह ४० अंक घटे । बैंकिङ ०.५८, विकास बैंक २७, फाइनान्स १३, जलविद्युत् ४, जीवन बीमा १२, निर्जीवन बीमा ८३, अन्य १ र ब्यापार उपसमूह भने २१ अंक बढे ।

आज पञ्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत बढ्यो भने सोनापुर मिनरल्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ ।  बजार झिनाे अंकले बढेपनि कारोबार रकम भने ६९ करोड ४२ लाखमा खुम्चियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १५:५९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।