काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा ५ सय रुपैयाँले घटेको छ ।
पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्य आज तोलामा ५ सयले घटेर प्रतितोला १ लाख १६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
तेजाबी सुन १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया