काठमाडौं । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १४.२९ अंकले घटेर १८६४.४० बिन्दुमा बन्द भएको छ ।
आज २८६ कम्पनीको २२ लाख ५८ हजार एक सय ८७ कित्ता शेयर २५ हजार छ सय २५ पटक खरिदबिक्री हुँदा रू ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ बराबरको कारोबार भएको छ ।
सबै समूहको उपसूचक रातो देखिएका छन् । बैंकिङ ८, विकास बैंक ३१, फाइनान्स १३, होटल तथा पर्यटन २५, जलविद्युत् १५, जीवन बीमा १४३, उत्पादन ३१, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ५८, अन्य ३ र ब्यापार उपसमूह ८ अंक घटे ।
माहुली लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । हाथवे इन्भेस्टमेन्टको ३.४, सीवाईसी लघुवित्तको ३.४, किसान लघुवित्तको २.७ र सबैको लघुवित्तको २.७ प्रतिशत मूल्य बढ्यो ।
यस दिन पनि सोनापुर सिमेन्टको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सो कम्पनीको मूल्य प्रतिकित्ता २५५ रुपैयाँ २० पैसामा झरेको छ । मेरो लघुवित्तको ४.४, बीपीडब्लू लघुवित्तको ४.३, मेन्छियाम हाइड्रोपावरको ४.२ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा सूर्याज्योति लाइफ, स्ट्यान्डर्ड चार्टर्ड, नबिल बैंक, सिद्धार्थ बैंक (संस्थापक), हिमाल दोलखा हाइड्रोपावर कम्पनी क्रमशः अगाडि रहे ।




















प्रतिक्रिया