काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ करोड २ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीले बीमित प्रदीप ज्ञवालीको निधनपछि उनकी आमा टीकाकुमारी घिमिरेलाई उक्त रकम दाबी भुक्तानी गष्रेको हो । ज्ञवालीले २०७८ कात्तिक २९ गते ५० लाखबराबरको बीमालेख खरिद गरेका थिए । उनको २०८० वैशाख २४ गते दुर्घटनामा परी निधन भएको थियो ।
दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैंडाकोट शाखा प्रमुख नारायण पौडेल, गैंडाकोट नगरपालिकाका वडाअध्यक्ष विनोदकुमार मल्ल, एजेन्सी म्यानेजर नवराज पौडेल, लीलाधर कँडेललगायतको उपस्थिति थियो ।




















प्रतिक्रिया